२०८३ भाद्र १६ मंगलबार

धनगढी उपमहानगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ४१ लाख सहयोग

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
608
Shares
धनगढी उपमहानगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ४१ लाख सहयोग

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टका अनुसार बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो।

विपद्को कठिन अवस्थामा बाढीपीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न सबैलाई अपिलसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij