२०८३ भाद्र १५ सोमबार

अत्यावश्यक काम नपरी हेलिकोप्टर माग नगर्न प्राधिकरणको अनुरोध

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
513
Shares
अत्यावश्यक काम नपरी हेलिकोप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं ।  अत्यावश्यक काम नपरी हेलिकोप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।

आपत्कालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकोप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको हो।

न्यून प्रभावित, अप्रभावित तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिए।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट हालसम्म २५२ विदेशी र तीन हजार ३४४ नेपाली गरी तीन हजार ५९६ जनाको हवाई उद्धार गरिएको उनले बताए।

प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ। धादिङबेँसी-परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार र केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ।

त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर-ढिकुरे-चौघडा-आँप्र-नर्जा-लच्याङ-सरमर्थाले-पाटीखर्क हुँदै बोगटीटार (पासाङल्हामु राजमार्ग, रसुवा)-कालिकास्थान-धुन्चेसम्म चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij