काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बैकुण्ठ अर्याल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। बैंकको सञ्चालक समितिको ४०६औँ बैठकले अर्याललाई अध्यक्षमा चयन गरेको हो।
यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो। भदौ १४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेको बैंकले जनाएको छ।
श्रेष्ठको राजीनामापछि रिक्त अध्यक्ष पदमा संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक बैकुण्ठ अर्याललाई अध्यक्षमा चयन गरिएको हो।
बैंकका अनुसार अर्याललाई तत्काल लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको हो।