२०८३ भाद्र १५ सोमबार

बाढीका कारण सेवा प्रभावित ग्राहकलाई SUBISU द्वारा सेवा अवधि थप

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
266
Shares
बाढीका कारण सेवा प्रभावित ग्राहकलाई SUBISU द्वारा सेवा अवधि थप

काठमाडौँ ।  हालैको बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकहरूलाई सहजीकरण गर्ने उद्देश्यले SUBISU ले प्रभावित अवधिमा
कनेक्सनको म्याद समाप्त भएका ग्राहकहरूलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराएको छ।

भाद्र १० गते आएको भीषण बाढीपछि, विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा भएको क्षतिका कारण बट्टार, चरौंदी,
चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला , गल्छी, धार्के र मलेखु लगायतका क्षेत्रमा SUBISU का इन्टरनेट सेवाहरू
प्रभावित भएका छन्।

सेवा पुनःस्थापनाका विषयमा SUBISU का प्रमुख सञ्चालन अधिकृत (COO) सुबास अधिकारीले भन्नुभयो, “SUBISU ले प्रभावित क्षेत्रमा
नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको कार्यलाई निरन्तरता दिइरहेको छ। स्थानीय अवस्था तथा पहुँचलाई ध्यानमा राख्दै हाम्रा
प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न फिल्डमा सक्रिय रूपमा खटिरहेका छन्।

यस क्रममा सेवाको पुनःस्थापनासँगै फिल्डमा खटिएका हाम्रा प्राविधिक टोलीहरूको सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखिएको छ।”

बाढीका कारण सेवा प्रभावित भएका ग्राहकहरूको सेवा अवधि प्रभावित नहोस् भन्ने उद्देश्यले थप ७ दिनको सेवा अवधि उपलब्ध
गराइएको SUBISU ले जनाएको छ।

प्रभावित ग्राहकहरूले सेवा तथा पुनःस्थापनासम्बन्धी जानकारीका लागि SUBISU को ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।
ग्राहक सहायताका लागि  ०१-४२३५८८८ | ९८०१२३५८८८ सम्पर्क गराउन कम्पनीले आग्रह गरेको छ ।

SUBISU आफ्ना ग्राहकहरूको साथमा रहँदै प्रभावित क्षेत्रमा इन्टरनेट सेवा यथाशीघ्र पुनःस्थापना गर्न प्रतिबद्ध छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij