२०८३ भाद्र १० बुधबार

नयाँ उद्योगलाई सहज हुने कानुनी प्रबन्ध मिलाइनुपर्छः सांसद अग्रवाल

ई आर्थिक    मंगलबार, भाद्र ९ २०८३
209
Shares
नयाँ उद्योगलाई सहज हुने कानुनी प्रबन्ध मिलाइनुपर्छः सांसद अग्रवाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुनमकुमारी अग्रवालले विशेष आर्थिक क्षेत्रबाट उद्योग बाहिरिने र नयाँ उद्योग स्थापना गरिँदा हुने आर्थिक तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उहाँले विशेष आर्थिक क्षेत्रमा उद्योग सञ्चालन गर्न ठूलो लगानी गर्नुपर्ने भएकाले कुनै कारणले उद्योग सफल नभएमा भू-वहाल सम्झौता अन्त्य गरी सहजरुपमा बाहिरिने सक्ने कानुनी वातावरण बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अग्रवालले भन्नुभयो, “सम्झौता अन्त्य भएसँगै त्यहाँका भौतिक संरचना व्यवस्थापन गर्ने सिलसिलामा महत्त्वपूर्ण मेसिन लगायतका औजार कवाडीको मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ भने अर्कातर्फ नयाँ उद्योग स्थापनामा लामो समय र ठूलो रकम खर्च हुने गरेको छ ।” त्यस्तो परिस्थितिमा उद्योगका भौतिक संरचना नभत्काइ प्लट लिन इच्छुक नयाँ उद्योगलाई उपलब्ध गराउन सकिने कानुनी व्यवस्था मिलाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसबाट विशेष आर्थिक क्षेत्र छाड्ने उद्योगले आफ्ना भौतिक संरचना कबाडका रूपमा बिक्री गर्नुपर्ने बाध्यता हट्ने र थप आर्थिक भारबाट जोगिन सक्ने उहाँको भनाइ छ । सांसद अग्रवालले नयाँ उद्योगलाई तयार संरचना उपलब्ध हुँदा संरचना निर्माणमा लाग्ने समय र अतिरिक्त खर्च बचत हुनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij