२०८३ भाद्र १० बुधबार

रसुवादेखि चितवनसम्मका ५ जिल्लाका तटीय बासिन्दालाई सुरक्षित रहन अपिल 

ई आर्थिक    बुधबार, भाद्र १० २०८३
152
Shares
रसुवादेखि चितवनसम्मका ५ जिल्लाका तटीय बासिन्दालाई सुरक्षित रहन अपिल 

काठमाडौं ।  भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव अत्यधिक बढेपछि आसपासका ५ जिल्लाका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सम्भावित विपद्बाट जोगिन सतर्क रहन अपिल गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशीमा जलसतह निरन्तर बढ्दो क्रममा रहेको छ। यसको प्रत्यक्ष असर पर्ने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने नदी तथा खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन भनिएको छ।

नदीमा पानीको सतह अझै बढ्न सक्ने सम्भावना रहेकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सतर्कता अपनाउन सुरक्षा निकाय तथा स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

बाढीको सम्भावित खतरालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ र तटीय क्षेत्रका बासिन्दालाई पूर्वतयारीका साथ सुरक्षित रहन सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij