२०८३ साउन १८ सोमबार

२४ घण्टामा ३४ विपद्का घटना, २७ लाख रूपैयाँबराबरको क्षति

ई आर्थिक    आइतबार, साउन १७ २०८३
209
Shares
२४ घण्टामा ३४ विपद्का घटना, २७ लाख रूपैयाँबराबरको क्षति

काठमाडौं। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्। ती घटनामध्ये एकमा सर्पले डस्दा एक जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन्।

उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका ६ र जनावर आक्रमणका तीन घटना भएका छन्। ती घटनाबाट २७ लाख २५ हजार रूपैयाँबराबरको अनुमानित क्षति भएको छ। साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ।

यसैबीच, प्राधिकरणले गत बैशाख १ देखि आज बिहानसम्म देशभर ४ हजार ५३ वटा विपद्का घटना भएका, ती घटनामा १९६ जनाको मृत्यु, चारजना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ।

विपद्‌बाट ५ हजार १८८ परिवार प्रभावित भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij