२०८३ साउन १४ बिहिबार

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न, सुनसरी घटनासहित सुरक्षा अवस्थाबारे समीक्षा

ई आर्थिक    बिहिबार, साउन १४ २०८३
570
Shares
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न, सुनसरी घटनासहित सुरक्षा अवस्थाबारे समीक्षा

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पछिल्लो सुरक्षा अवस्था, सुनसरीमा साउन १० गते भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे समीक्षा गरेको हो।

बैठकमा देशको समग्र सुरक्षा अवस्थाको विश्लेषण गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ ।

त्यसका लागि सम्बन्धित सुरक्षा निकायहरूलाई थप समन्वय र सहकार्यका साथ अघि बढ्ने निर्णय गरिएको छ।

यस्तै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला पक्षसँग निरन्तर संवाद र सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ।

बैठकले विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य गरी समयमै खोज, उद्धार तथा राहतका कार्यहरू सुदृढ बनाउने निर्णयसमेत गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij