२०८३ साउन ९ शनिबार

उदयपुरमा जिल्ला समन्वय समिति चयन

ई आर्थिक    सोमबार, साउन ३० २०७४
3.5K
Shares
उदयपुरमा जिल्ला समन्वय समिति चयन

३० साउन, गाईघाट (उदयपुर) । उदयपुर जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् ।

समन्वय समितिका प्रमुखमा नेकपा (एमाले)का खड्ग परियार र उपप्रमुखमा गंगाकुमारी राई चयन भएको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताउनुभयो । समन्वय समितिका सदस्यहरूमा कुलबहादुर खपांगी, खड्गबहादुर राउत, बोधकुमार थापा, महिलामा ईश्वराकुमारी पौडेल, जानकी बराल, मीना कुमारी राई र अल्पसङ्ख्यकबाट चीनबहादुर दनुवार चयन हुनु भएको छ ।

आइतबार जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा नौ सदस्यीय जिल्ला समन्वय समिति चयन गर्नका लागि निर्वाचनको मिति निर्धारण गरेर प्रतिनिधिहरूको नाम मनोनयन दर्ता गर्ने क्रममा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिहरूको मात्र एकल प्यानलको नाम परेको र अन्यको नाम नपरेपछि समन्वय समिति निर्विरोध घोषणा गरिएको पनि मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । आइतबार साँझ नै समन्वय समितिका पदाधिकारीहरूलाई शपथग्रहणसहित प्रतिबद्धता जाहेर गर्न लगाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij