२०८३ साउन ९ शनिबार

प्राकृतिक चिकित्सकलाई मान्यता दिने तयारी, ३० वर्ष पुरानो माग सम्बोधन हुने संकेत

ई आर्थिक    शुक्रबार, जेष्ठ २२ २०८३
874
Shares
प्राकृतिक चिकित्सकलाई मान्यता दिने तयारी, ३० वर्ष पुरानो माग सम्बोधन हुने संकेत

काठमाडौं ।  प्राकृतिक चिकित्सा (होमियोप्याथी, नेचुरोप्याथीलगायत) क्षेत्रमा अध्ययन तथा इन्टर्नसिप पूरा गरेका चिकित्सकहरूको लामो समयदेखिको माग सम्बोधन हुने दिशामा सरकारले महत्वपूर्ण पहल थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राकृतिक चिकित्सा विधामा अध्ययन गरेका चिकित्सकहरूलाई आयुर्वेदिक चिकित्सा परिषद्‍मा दर्ता गर्ने लगायतका विषयमा आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ। उक्त प्रक्रिया पूरा भई कार्यान्वयनमा आएपछि सम्बन्धित चिकित्सकहरूले औपचारिक मान्यता प्राप्त गर्दै स्वास्थ्य सेवाको मूलधारमा आबद्ध हुन सक्ने र सहज रूपमा सेवा प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।

यससँगै स्वास्थ्य क्षेत्रका विभिन्न परिषदहरूको प्रभावकारिता अभिवृद्धि तथा समग्र सुधारका लागि स्वास्थ्यसँग सम्बन्धित ६ वटा परिषद्, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा प्राकृतिक चिकित्सकहरूको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने तयारी पनि गरिएको छ।

सरकारको यो पहलले तीन दशकदेखि पेशागत मान्यता, पहिचान र समान अवसरको माग गर्दै आएका प्राकृतिक चिकित्सा विधाका चिकित्सकहरूको समस्या समाधानतर्फ महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ।

सम्बन्धित पक्षहरूले यस प्रक्रियाले प्राकृतिक चिकित्सा क्षेत्रलाई संस्थागत मान्यता दिनुका साथै स्वास्थ्य सेवामा वैकल्पिक उपचार पद्धतिको योगदानलाई थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij