२०८३ साउन ९ शनिबार

डा भट्टराईलाई भेट्न अध्यक्ष ओली अस्पतालमा

ई आर्थिक    बुधबार, साउन २५ २०७४
3.5K
Shares
डा भट्टराईलाई भेट्न अध्यक्ष ओली अस्पतालमा

२५ साउन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

डा भट्टराईको स्वास्थ्यअवस्थाबारे बुझ्न आज दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुग्नुभएको ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।

भेटका क्रममा ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईको स्वास्थ्यलाभको कामना गर्नु भएको थियो । भेटमा डा भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी हुनुहुन्थ्यो ।

मुत्रनलीमा समस्या भएपछि भट्टराई ६ दिन अघि अस्पतालमा भर्ना हुनु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij