२०८३ भाद्र ३० मंगलबार

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन

ई आर्थिक    आइतबार, बैशाख ६ २०८३
1.7K
Shares
कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन

अत्तरिया।  कैलाली भन्सार कार्यालय धनगढीले छ अर्ब ३२ करोड ७१ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ ११ करोड ९९ लाख र अन्यतर्फ रु एक अर्ब ३९ करोड पाँच लाख राजस्व संकलन गरेको छ ।

कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकामा नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६५ दशमलव १५ प्रतिशत रहेको उनले जानकारी दिए। सूचना अधिकारी तिमिल्सिनाका अनुसार सो अवधिमा चैतबाहेक कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको छैन् ।

साउनमा ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा ५३ करोड ७० लाख र असोजमा ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख राजस्व संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

कात्तिकमा ८४ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ७२ करोड ५४, मङ्सिरमा रु ६८ करोड ९१ लाख र पुसमा ७४ करोड ६५ लाख, माघमा रु ६८ करोड ८२ लाख, फागुनमा रु ७६ करोड ४४ लाख र बाँकी चैतमा राजस्व संकलन भएको उनले जानकारी दिए ।

कार्यालयको गत आव २०८१-८२ मा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij