२०८३ भाद्र ३० मंगलबार

सुनको प्रतितोला तीन हजार रुपैयाँले सस्तियो, चाँदीको मूल्यमा पनि गिरावट

ई आर्थिक    शुक्रबार, बैशाख ४ २०८३
2.1K
Shares
सुनको प्रतितोला तीन हजार रुपैयाँले सस्तियो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ।

आज (शुक्रबार) का लागि छापावाल सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij