२०८३ भाद्र ३० मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, एकैदिन सुन प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि

ई आर्थिक    मंगलबार, चैत्र १७ २०८२
2K
Shares
सुनचाँदीको मूल्य बढ्यो, एकैदिन सुन प्रतितोला ६ हजार ७०० रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ७ सय रुपैयाँले बढी हो। सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो, जसअनुसार आज १ सय ४५ रुपैयाँले वृद्धि भएको देखिन्छ।

यसअघि, चालु वर्षको माघ १५ गते सुन र चाँदी दुबैको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

हालको मूल्यवृद्धिले अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय माग र आपूर्तिको अवस्थालाई पनि संकेत गर्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij