२०८३ भाद्र ३० मंगलबार

बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री नगर्न नेपाल आयल निगमको निर्देशन

ई आर्थिक    मंगलबार, फाल्गुन २६ २०८२
2.1K
Shares
बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री नगर्न नेपाल आयल निगमको निर्देशन

जनकपुर । नेपाल आयल निगम ले बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न सम्बन्धित पेट्रोल पम्प तथा डिलरहरूलाई निर्देशन दिएको छ।

निगमका अनुसार विभिन्न स्थानमा केही पसल तथा व्यक्तिहरूले पेट्रोल, डिजेल र मट्टितेल जस्ता पेट्रोलियम पदार्थ बोतल तथा जेरिक्यानमा भरी बिक्री वितरण गर्दै आएको जनगुनासो प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको हो।

निगमले यस्ता अतिप्रज्वलनशील पदार्थ बोतल तथा जेरिक्यानमा बिक्री गर्दा आगलागी तथा विस्फोट जस्ता दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो कार्य नगर्न र नगराउन पेट्रोलियम डिलर्सलाई आग्रह गरेको जनाएको छ।

निगमले पेट्रोलियम डिलर्स एशोसिएशन धनुषा र महोत्तरीलाई पत्र पठाउँदै आफ्ना सदस्य पेट्रोल पम्पहरूलाई बोतल तथा जेरिक्यानमा इन्धन बिक्री नगर्न सचेत गराउन भनेको छ। साथै सर्वसाधारणलाई नजिकको आधिकारिक पेट्रोल पम्पबाट मात्र इन्धन खरिद गर्न जानकारी गराउन पनि आग्रह गरिएको छ।

निगमले अनुगमनका क्रममा यस्तो कार्य गरेको भेटिएमा निगमको विनियम तथा नेपाल सरकारको प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।

उक्त पत्र रञ्जित कपडी, डिपो प्रमुख, नेपाल आयल निगम डिपो कार्यालय बाट जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij