काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ३ लाख ५ सय रुपैयाँमा पुगेको छ।
अघिल्लो कारोबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको हो। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार यसअघि माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबारको तुलनामा ३ सय रुपैयाँले बढी हो। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि माघ १५ गते चाँदीले पनि हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।