२०८३ भाद्र ३१ बुधबार

सुनको मूल्य एकैदिन १३ हजार ४०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार

ई आर्थिक    सोमबार, माघ १९ २०८२
1.5K
Shares
सुनको मूल्य एकैदिन १३ हजार ४०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको तीन लाख रुपैयाँमा कारोबार भएको सुन आज घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा झरेको छ।

यससँगै सुनको मूल्य एकैदिन १३ हजार ४०० रुपैयाँले घटेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पछिल्लो समय सुनको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको छ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ कम हो। पछिल्लो तीन दिनमा चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ सय ४० रुपैयाँले घटेको थियो भने आइतबार १ हजार ५ सय ६५ रुपैयाँले कमी आएको थियो।

सुनको मूल्यमा आएको यस गिरावटले लगानीकर्ता र उपभोक्ताको ध्यान तानेको छ भने आगामी दिनमा बजारको चाल कस्तो रहने भन्नेमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij