२०८३ असोज २ शुक्रबार

सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुन तोलाको २ लाख ७४ हजार नाघ्यो

ई आर्थिक    सोमबार, पौस २८ २०८२
4.7K
Shares
सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा, सुन तोलाको २ लाख ७४ हजार नाघ्यो

काठमाडौं।  नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य तीव्र रूपमा बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो। यसअघि आइतबार र पुस १३ गते सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य कायम भएको थियो।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि नयाँ रेकर्डमा पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ। यो मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।

यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला २ सय ५ रुपैयाँले वृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij