२०८३ साउन ९ शनिबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अतिक्रमण बढ्यो, मानव-वन्यजन्तु द्वन्द्व गम्भीर

ई आर्थिक    आइतबार, कार्तिक ३० २०८२
4.8K
Shares
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अतिक्रमण बढ्यो, मानव-वन्यजन्तु द्वन्द्व गम्भीर

कञ्चनपुर।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ५१४ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ। निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ हेक्टर तथा नेपाल-भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा १४० हेक्टर अतिक्रमित भएको कार्यालयले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार अतिक्रमित क्षेत्रमा विस्थापित परिवारहरू बसिरहेका छन् र यसले वन्यजन्तुको बासस्थानमा असर पुर्याइरहेको छ। नेपाल-भारत सिमानामा भारतीय नागरिकले पनि अतिक्रमण गरेर खेतीपाती गरिरहेका छन्।

विसं २०५८ मा आरक्ष विस्तार गर्दा विस्थापित भएका मानिसहरूले अतिक्रमण बढाएपछि यहाँ मानव-वन्यजन्तु द्वन्द्व गम्भीर बन्दै गएको छ। विगत एक दशकमा जंगली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ।

हाल निकुञ्जमा १५ वटा संयुक्त सुरक्षा पोष्ट र सेनाका ३ छुट्टै पोष्टमार्फत सुरक्षा व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij