काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि समायोजन गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ दरअनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरिएको छ।
भारतबाट आउने आयात मूल्य बढेर आएको कारण आन्तरिक समायोजन गर्नुपरेको निगमले जनाएको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य २ रुपैयाँ ४५ पैसा र डिजेल ६ रुपैयाँ ५३ पैसाले बढेका छन्।
तर उपभोक्तामाथि भार कम पार्ने उद्देश्यले नेपाल आयल निगमले वास्तविक वृद्धिभन्दा कम दर मात्र समायोजन गरिएको उल्लेख गरेको छ।
