काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा व्यापार भएको थियो।
चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा कारोबार भइरहेकामा यो मूल्य बिहीबारको तुलनामा ६० रुपैयाँ कम हो।
बिहीबार चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा व्यापार भएको थियो।
सुन–चाँदीको मूल्यमा आएको निरन्तर उतार–चढावले बजारमा जेजसरी प्रभाव पारिरहेको छ, आगामी दिनमा मूल्य कता जाने भन्नेबारे व्यापारीहरू सतर्क बनेका छन्।