२०८३ असोज १ बिहिबार

सुनको मूल्य फेरि बढ्न थाल्यो, प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ पुग्यो

ई आर्थिक    शुक्रबार, कार्तिक १४ २०८२
2.3K
Shares
सुनको मूल्य फेरि बढ्न थाल्यो, प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ पुग्यो

ई-आर्थिक, काठमाडौं । देशभर आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँ पुगेको हो।

गए बिहीबारसम्म सुनको मूल्य दुई लाख ३६ हजार तीन सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको थियो। आजको मूल्यवृद्धिसँगै बजारमा सुनको दर पुनः नयाँ उच्च बिन्दुतर्फ उक्लिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस करिब तीन हजार ९९५ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मूल्य वृद्धिसँगै स्वदेशी बजारमा पनि सुनचाँदीको दर बढेको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij