२०८३ साउन ९ शनिबार

सिन्धुलीमा भारी वर्षाको सम्भावना, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

ई आर्थिक    बिहिबार, कार्तिक १३ २०८२
4.3K
Shares
सिन्धुलीमा भारी वर्षाको सम्भावना, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आजदेखि कात्तिक १५ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले सबैमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि निर्देशन जारी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा जारी सूचनामा बाढी, पहिरो र डुबानको जोखिम बढेकाले नागरिक, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायलाई सचेत रहन अनुरोध गरिएको छ। वर्षा र बाढीका कारण सवारी आवागमनमा जोखिम हुन सक्ने भएकाले बीपी र मध्यपहाडी राजमार्गमा राति वा वर्षा भइरहेको बेला सवारी सञ्चालन नगर्न सल्लाह दिइएको छ।

त्यस्तै, बाढी–पहिरो सम्भावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, आवश्यक नपरी यात्रा नगर्न र सुरक्षित स्थानमा सर्न तयारी गर्न निर्देशन दिइएको छ। किसानलाई समेत धान लगायतका बाली समयमै भित्र्याउन आग्रह गरिएको छ।

प्रशासनले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकाय र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij