२०८३ साउन १० आइतबार

सेन्चुरी बैंकको ४० प्रतिशत हकप्रद साउन १६ गतेबाट, असार २६ गतेसम्म कायम शेयरधनीले मात्रै पाउने

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
5.7K
Shares
सेन्चुरी बैंकको ४० प्रतिशत हकप्रद साउन १६ गतेबाट, असार २६ गतेसम्म कायम शेयरधनीले मात्रै पाउने

३० असार, काठमाडौं । सेन्चुरी कमर्शियल बैंक लिमिटेडले साउन १६ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १० बराबर ४ (१०ः४) अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

बैंकले हकप्रद भर्ने अन्तिम म्याद भदौ १८ गते तोकेको छ । बैंकको असार २६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड र सेञ्चुरी बैंकको सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सकिन्छ ।

सेन्चुरीको हाल चुक्ता पुँजी ४ अर्ब ७१ करोड ३५ लाख ६४ हजार २१३ रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड ३० लाख २९ हजार ६९८ रुपैयाँ पुग्नेछ ।

सेन्चुरीले केही समय अघिमात्र इन्नोभेटिभ डेभलपमेण्ट बैङ्क र अरनिको डेभलपमेण्ट बैङ्कलाई प्राप्ति गरेपछि जेठ २८ गतेदेखि एकिकृत कारोबार शुरु गरेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम भएको चुक्ता पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर गाभिएका अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकका सेयरधनीले भर्न पाउनेछन् ।

तर सगरमाथा फाइनान्सका शेयरधनीले भने हकप्रद भर्न पाउने छैनन् । सगरमाथा फाइनान्सलाई पनि सेन्चुरीले एक्वायर गरी शनिबार एकीकृत कारोबार सुरु गर्दैछ । सेन्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर पनि दिइसकेको छ । सेन्चुरीले तेस्रो त्रैमासमा ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij