ई–आर्थिक, काठमाडौं । उर्जा क्षेत्रका जानकार कुलमान घिसिङ अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेपछि उर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रमा के कस्ता परिवर्तन आउलान भन्ने विषयमा सर्वसाधारणमा कौतुहलता बढेको छ ।
कुलमान नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा प्राधिकरणको बृद्धि विकास र सुधारका कामहरु पनि कसरी अगाडी बढ्ला भन्ने विषयमा पनि सर्वसाधारणमा उत्तिकै कौतुहलता हुनसक्छ ।
प्राधिकरणमा रहँदा कुलमानले ठूला उद्योगीबाट ट्रंकलाई तथा डेडिकेटबापतको बक्यौता उठाउन गरेको प्रयासको विषयमा उनको कदम कस्तो हुने विषय झनै सबैको चासोको विषय नहोला भन्न सकिन्न ।
यो भन्दा पनि फरक र रोचक विषय बन्न सक्छ, उनलाई कार्यसम्पादन मूल्यांकमा सून्य अंक दिने । उनलाई कार्यसम्पादन मूल्यांकनमा सून्य अंक दिने नेतृत्व गरेका जिबच्छ मण्डल अहिले विद्युत विकास विभागका महानिर्देशक छन् । कुनै समय विभागमा केही समय काम गरिसकेका मण्डलले तत्कालिन विभागीय मन्त्री दिपक खड्का र तत्कालिन सचिव सुरेश आचार्यलाई आर्थिक प्रलोभनमा पारी पुनः विद्युत विकास विभागको महानिर्देशक हुन सफल भएको मन्त्रालयबृतमा चर्चा थियो ।
विद्युतमा राम्रो काम गरेर चर्चामा आएका कुलमानलाई तत्कालिन समयमा कार्यसम्पादन मूल्यांकनमा सून्य अंक दिएको विषयले ठूलै खैलाबैला मच्चाएको थियो । तर उनलाई कार्यसम्पादन मूल्यांकनमा सून्य अंक दिने पात्रहरु खासै चर्चामा आउन सकेको थिएन् ।
तत्कालिन समयमा कार्य सम्पादन मूल्यांकन नबुझाएको भन्दै कुलमानलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणपछि घिसिङलाई आर्थिक वर्ष २०८०÷८१ मा गरेका कार्यसम्पादन विवरण मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेका थिए । घिसिङले गत आवमा सम्पादन गरेका काममा ९८ दशमलव ९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेश गरेका थिए ।
पछिल्लो समय अवकास प्राप्त तत्कालिन उर्जा सचिव सुरेश अचार्य एक पछाडि अर्को विवादमा मुछिएका थिए । लामो समय पर्यटन मन्त्रालयमा बसेका एरोनोटिकल इञ्जिनियर आचार्य र मण्डल पछिल्लो समय कुलमान घिसिङलाई हटाउन हात धोएर लागेका थिए ।
त्यसकै पछिल्लो नतिजा थियो, कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा दिइएको अंक । नेपाललाई अध्यारोको यूगबाट उज्यालोतिर लैजाने अर्थात १८ घण्टासम्मको लोडसेडिङ हटाउने पात्रका रुपमा चिनिएका कुलमान सो अघिका लगातार दुई बर्षसम्म कार्यसम्पादनमा शत प्रतिशत नजिक अंक पाएका थिए ।
उर्जा मन्त्रालयले एक समिति बनाएर कुलमानलाई कासमूमा शून्य अंक दिने नेतृत्वमा मण्डल नै थिए । उनी मन्त्रालयमा सह–सचिवको रुपमा रहेर मण्डलले मन्त्रालयको विकास सहयता तथा प्रादेशिक समन्वय महाशाखा हेर्दै आएका कर्मचारी थिए ।
उनको टोलीमा कानुन हेर्दै आएका पूर्व सहसचिव तथा अर्थबाट फालिएर उर्जामा पुगेका शम्भु मरासिनी, जो कर्मचारी प्रशासनको प्रमुख नै छन् ।
मन्त्रालयकै सिडिई राजु श्रेष्ठ सहितको एक समितिले कुलमानलाई शून्य अंक दिएको थियो । सो समितिमा नियुक्त गरिएका विज्ञ सदस्यको नाम मन्त्रालयले खुलाउन चाहेको थिएन् ।