२०८३ असोज ५ सोमबार

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

ई आर्थिक    सोमबार, भाद्र ३० २०८२
3.8K
Shares
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

ई-आर्थिक, काठमाडौं ।  सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।  कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित अन्य उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

सरकारले यी तीन मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्ने अन्तिम तयारी गरिरहेको छ।

शपथ लिनेहरूमध्ये ओमप्रकाश अर्याल पूर्वमुख्य सचिव, कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा रामेश्वर खनाल पूर्वअर्थसचिव हुन्। विषयगत विशेषज्ञता र प्रशासनिक अनुभवको आधारमा उनीहरूलाई मन्त्रिपरिषदमा समावेश गरिएको बताइएको छ।

सरकारका अनुसार जनअपेक्षा अनुसार सेवा प्रवाह सुनिश्चित गर्ने र पारदर्शी शासन अभ्यास गर्ने लक्ष्यसहित अन्तरिम मन्त्रीहरूको टोलीलाई गठन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij