२०८३ साउन ९ शनिबार

जेनजीको आक्रमक आन्दोलन अगाडी २ घण्टा पनि टिकेन सरकार, कर्फ्यु आदेश जारी गर्न बाध्य (पत्रसहित)

ई आर्थिक    सोमबार, भाद्र २३ २०८२
2.4K
Shares
जेनजीको आक्रमक आन्दोलन अगाडी २ घण्टा पनि टिकेन सरकार, कर्फ्यु आदेश जारी गर्न बाध्य (पत्रसहित)

ई–आर्थिक, काठमाडौं । काठमाडौंको माइतीघरदेखि बानेश्वर क्षेत्रलाई मूख्य लक्षित नयाँ पुस्ता (जेनजी)को आन्दोलको अगाडि सरकार दुई घण्टा पनि टिकेन ।

युवाहरुको आक्रमक ‘प्रेसर’ सहित संसद भवन भित्रै प्रवेश गर्न थालेका जेनजीलाई नियन्त्रण गर्न सरकारले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

यसैबीच बुटबल लगायतका प्रमुख शहरहरुमा पनि जेनजीले व्यापक आन्दोलन गरिरहेको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij