२०८३ भाद्र ३१ बुधबार

पशुपतिसहित देशभरका शिवालयमा तिजका ब्रतालुसहित भक्तजनको भीड

ई आर्थिक    मंगलबार, भाद्र १० २०८२
5.5K
Shares
पशुपतिसहित देशभरका शिवालयमा तिजका ब्रतालुसहित भक्तजनको भीड

काठमाडौं । हरितालिका तिजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड छ। आराध्यदेव श्रीपशुपतिनाथको दर्शनको लागि सहज व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषले प्रबन्ध मिलाएको छ।

यसको लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३स्०० बजेदेखि खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिएका छन्।केही भक्तजन बिहान ३स्०० बजेअघि नै पशुपति क्षेत्र पुगेर दर्शनको लागि लाममा बसिसकेका थिए।

अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उनले बताएका छन्। पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनको लागि खटाइएको छ।पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ। श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाट दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ।

कोषका सूचना अधिकारी अनिता भट्टले मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिएकी छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij