२०८३ साउन ९ शनिबार

कामदारको नाममा रकम असुलेर ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    बिहिबार, साउन २९ २०८२
2.2K
Shares
कामदारको नाममा रकम असुलेर ठगी गर्ने व्यक्ति पक्राउ

ई-आर्थिक, काठमाडौं ।   होटलमा कामदार पठाउने भन्दै रकम असुलेर ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–६, बोडे बसोबास गर्दै आएका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ साउने घर भएका ३३ वर्षीय पुरुषोत्तम पराजुली छन्।

पराजुलीले काठमाडौं चावहिल पिपलबोटस्थित ‘पपुलर जब सोलुशन’ नामक कम्पनीमार्फत होटल व्यवसायमा आवश्यक पर्ने कामदार पठाउने भन्दै विज्ञापन प्रकाशित गरी पीडितहरूबाट पेश्की रकम लिएका थिए। तर, उनले न त कामदार नै पठाए, न त लिएको रकम फिर्ता गरे।

पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार भक्तपुरको बोडे क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले यसरी कैयौं व्यक्तिहरूलाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij