२०८३ साउन ९ शनिबार

त्रिशूलीमा खसेका व्यक्तिको सकुशल उद्धार

ई आर्थिक    आइतबार, असार १८ २०७४
3.3K
Shares
त्रिशूलीमा खसेका व्यक्तिको सकुशल उद्धार

१८ असार, रत्ननगर । इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको हो ।

बिहेका लागि काठमाडाँैबाट नवलपरासीको दलदले आउँदै गरेको लु १ ख ९८८१ नंको गाडीमा सवार नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागार्इं सडक छेउबाट चिप्लिएर त्रिशूलीमा खसेको जानकारी आएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

बिहान ५ बजेर ४५ मिनेटमा लडेका उनको करिब ८।३० बजे उद्धार गरिएको मुग्लिन प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । चाप परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडक छेउबाट चिप्लिएर लडेका थिए । अग्लो भिर रहेकाले डोरीको सहायतामा प्रहरीले उनको उद्धार गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij