२०८३ साउन ९ शनिबार

फेरि गयो ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
5.5K
Shares
फेरि गयो ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

९ असार, ग्वाटेमाला सिटी । ग्वाटेमालामा बिहीबार बिहान सवेरै ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालयका र अन्य भवनहरु क्षतिग्रस्त भएका छन् ।

स्थानीय समय अनुसार बिहीबार बिहान ६:३१ मा यस गएको यस भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

यस भूकम्पको कम्पन दक्षिणी मेक्सिको र एल साल्भाडोरमा पनि महसूस गरिएको सो संस्थाले बताएको छ । यस भूकम्पबाट मध्य ग्वाटेमालाको सहर एनिगुआमा कैयौँ ऐतिहासिक भनव अवस्थित रहेका छन् ।

यो सहर भूकम्पको केन्द्रविन्दु रहेको सहरजस्तै पुरानो र ऐतिहासिक हो । यस भूकम्पबाट व्यक्तिहरु मारिएका खबर भने हालसम्म प्राप्त नभएको तर यसबाट चार व्यक्ति घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij