२०८३ भाद्र २७ शनिबार

सिमेन्ट उत्पादक संघले सहमति पालना नगर्दा घट्न सकेन सिमेन्टको मूल्य

ई आर्थिक    आइतबार, माघ २७ २०८१
11.5K
Shares
सिमेन्ट उत्पादक संघले सहमति पालना नगर्दा घट्न सकेन सिमेन्टको मूल्य

मूलुकमा सेटिङभन्दा बाहिर गएर कारोबार गर्ने कारोबारीलाई स्थान छैन : अध्यक्ष सिंह

लक्ष्मण फुयाल , काठमाडौं ।  नेपाली बजारमा केहि महिनादेखि सिमेन्टको मूल्यमा व्यापक रुपमा कार्टेलिङ भैइरेहको छ । विगत केही महिनादेखि बृद्धि भैरहेको सिमेन्टको मूल्य बजारमा अहिले पनि उच्च नै रहेको छ । बजारमा सिमेन्टको मूल्य उचाक्लि बढ्दै जादा सर्वत्र चासोको विषय बनेको  छ । बजारमा ५ सयमा पाइदै आएको  सिमेन्टहरुको मूल्यमा प्रतिबोरामा अहिले सिमेन्ट व्यवसायीहरुले २५० सम्म मूल्य बृद्धि गरेका छन् । उनीहरुले सुरुमा एकसय देखि बढाउदै मूल्यमा नियमिति रुपमा मूल्य बढाएका हुन् ।

बजारमा ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा ६ सयदेखि ६ सय ५० सम्म पाइरहेको सिमेन्ट अहिले अस्वभाविक रुपमा बढेर ८०० देखि ९०० रुपैया सम्म मूल्य पुगेको हार्डवेयर व्यावसायीहरु बताउछन् । त्यस्तै बजारमा पीपीसी सिमेन्टको मूल्य ५०० सय देखि ७ सय ५० सम्म पर्ने गरेको व्यावसायीहरु बताउछन् ।  सिमेन्टको मूल्य बृद्धी हुदा चौतर्फी आलोचना बढ्दा पनि सरकार भने मौन बसेको आरोप लागिरहेको छ । बजारमा अहिले सिमेन्ट तथा छड व्यवसायीहरुले मूल्यमा कार्टेलिङ गर्दै मनोमानी ढंगबाट मूल्यमा तलमाथि गरिरहेका छन् ।

बजारमा करिव दुई महिनाको अन्तरालमा २ सय ५० रुपैयाँसम्म अघोषित रुपमा मूल्य बढ्दा यसको असर निर्माण क्षेत्रमा प्रत्यक्ष परेको छ । निर्माण गर्न अति आवश्यक पर्ने सिमेन्ट मूल्यमा कार्टेलिङ हुदा प्रत्यक्ष मारमा निर्माण क्षेत्रका व्यवसायीहरु तथा आमजनताहरु परेका छन् ।

बजारमा सिमेन्ट लगायत निर्माण सामाग्रीको मूल्य बढ्दा पनि सरकार तथा उद्योग तथा वाणिज्य मन्त्रालय टुलुटुलु बसेको निर्माण व्यावसायीहरुले गुनासो गरेका छन् ।

हाम्रो अभिवावक सरकार नै  हो, यो सम्बेदनशील विषयमा केही नबोल्दा मर्कामा परेको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । सरकार यस्तो विषयमा चुप बस्नु तथा सरकारले कडा रुपमा अनुगन तथा मूल्य घटाउन पहल गर्न सकिरहेको छैन । गत मंसिर १८ गते निर्माण व्यवसायीहरु तथा सिमेन्ट उत्पादकसंघबीच सहमति भएतापनि यी कुरा व्यवहारमा लागु हुन सकेको छैन् । सरकारले पनि यो विषयमा खासै चासो नदिएको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् ।

सिमेन्ट मूल्य सहमति अनुरुप कार्यान्वयन नहुँदा हामी लाचार भएका छौ । हामीले गुहार्ने सरकारलाई हो । सरकारको प्रधानमन्त्रीसमेतलाई उजुरी गरिसक्यौ, भेटेरपनि कुरा राखिसक्यौ । नागरिकस्तरबाट सबैले खबरदारी गर्दिनुपर्‍यो  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउछन् ।

नेपाल निर्माण व्यवसायी महासंघले अहिले पनि बढेको मूल्य बृद्धिलाई सन्तुलन बनाइराख्न सक्दो कोसिस गरिरहेको छ । प्रधानमन्त्रीसंगको भेटमा पनि कुरा राखेका छौ । उहाँले समस्या समाधान गर्न युवराज खतिवडाको संयोजकत्वमा छलफलमा उहाँसमक्ष पनि हाम्रा कुराहरु राखिसकेका छौ । सडक अन्दोलन गर्ने सन्दर्भमा सबैपक्षबाट आन्दोलन जान नहुने कुराहरु आयो । यसलाई हामीले मान्यौ तर मूलुकमा सेटिङभन्दा बाहिर गएर कारोबार गर्ने कारोबारीलाई स्थान नभएको अध्यक्ष सिंहले ई-आर्थिकलाई बताए ।

मन्त्रालयको मन्त्रीज्यूको रोहबरमा गरेको कुरा, सिमेन्ट उत्पादक संघले आफै पत्रकार सम्मेलन गरेका कुरा उहाँहरुले पालना गर्नुभएको छैन् । उहाँहरुले लामो अवधिसम्म मूल्य बृद्धी इन्जोय गर्न खोजिरहनुभएको छ । उहाँहरुले इन्जोय गर्नुभएको छ, निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह भन्छन् ।

सिमेन्टको मूल्य नघटेको होइन् मूल्यमा केही घटेको भएतापनि हामीले जुन सहमति गरेका छौ त्यो सहमति अनुसारको मूल्य नघटेको नेपाल निर्माण उद्योग परिषद्का महासचिव रामशरण देउजाले ई -आर्थिकलाई बताए। जताजतै व्यापारीहरुको मनोपोली सबैठाँउमा छ । यही अवस्था कायम रहेमा सरकारी आयोजनाहरु सक्न भारतबाट सिमेन्ट ल्याउनपर्ने सक्छ हामीले अर्थमन्त्रालयसंग भारतबाट सिमेन्ट ल्याउन छुट दिनुपर्ने माग गरेको महासचिव देउजा बताउछन् । भारतमा आजको दिनमा सिमेन्टको प्रतिबोरा मूल्य २ सय ६२ भारतीय पैसा पर्छ यो मूल्य कायमा हुदा नेपालमा झन्डै पाँच सय रुपैयामा सिमेन्ट नेपाल आईपुग्छ ।

सिमेन्ट व्यवसायीसंग सम्झौतामा न्यूनतम सिमेन्ट मूल्यबाट १ सय १५ देखि १२५ रुपैयाँसम्म घटाउने सहमति भएतापनि यसलाई कार्यन्वयन गराएका छैनन्, उनले भने । सिमेन्ट व्यवसायीहरु व्यक्तिगत रुपमा समूहबाट मान्छे तान्दिएर उहाँहरुको आवश्यकता अनुसार पुराइदिन्छु भन्ने लाभ देखाइरहेका छन् । माघ २३ गते पुन: मन्त्रीलगायत डिजीसहित सिमन्ट उत्पादक संघका अध्यक्ष सहित बस्दा सिमेन्टको मूल्य नघटाए तालाबन्दी गर्ने कुरा राखेका थियौ । साथै डीजीले सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीहरुबीच भएको सहमति कार्यन्वयन गर्न अध्यक्षलाई भनिएको थियो । कार्यान्वयन नभएमा हामी स्थलगत अवलोकन गरि कारवाहि गर्ने मन्त्रालयबाट चिठी दिइएको छ । सिमेन्ट व्यवसायीहरुले प्रति बोरा १० देखि १५ रुपैयाँ सम्म घटाएका छन् । बजारमा हेर्दा ६० देखि ६५ रुपैया सम्म घटेको देखिएको भएतापनि सहमतिअनुरुपको कार्यन्वयन नभएको नेपाल उद्योग परिषद्का महासचिव देउजा भन्छन् ।

सिमेन्ट उत्पादक संघको अध्यक्षको शिवम सिमेन्टको पहिलेदेखि प्रिमियम मूल्य बजारमा अन्यभन्दा ७५ रुपैयाँसम्म बढि छ । अध्यक्षले सिमेन्टको मूल्य नघटाउदा अन्यले घटाउन सकेका छैनन् । उहाँले मूल्य घटाउन पहल गर्नुभएको छैन् । उहाँले मूल्य घटाइदिएको भए अन्यलाई सजिलो हुन्थ्यो । अहिले यस्तो परस्थिती बनेको छ । त्यो नभएमा सिमेन्ट अनुगमन समिति बनेको छ जसमा सिमेन्ट उत्पादक संघबाट ३ जना तथा निमार्ण व्यवसायी महासंघबाट २ जना तथा निर्माण उद्योग परिषद्बाट  २ जना गरी ७ जनाको सदस्य बनेको छ । साथै उद्योग र वाणिज्य मन्त्रालयबाट डीजीहरुसहित एक दुई फ्क्ट्रीहरु हेरेर अनुगमन गर्दा सहमतिअनुसार नभए तालाबन्दी गर्ने कुरा भएको छ ।

‘सिमेन्टको मूल्य घटाउन मन्त्रालयले पहल गरेको छ । मन्त्रालयले कोसिस आफ्नो स्थानबाट गरिरहेको छ । यदि कुनै वार्ता नगरेको भए उहाँहरुले बजारमा सिमेन्टको मूल्य एक हजारभन्दा माथि पुर्‍याउथ्ये । यसले सिमेन्टको मूल्य बृद्धी हुने प्रक्रियालाई रोकेको छ । यसो नहुदो हो सिमेन्ट मूल्य कार्टेलिङ गरेर बढाउन सक्थे । नेपालमा होङ्सि सिमेन्ट उत्पादन बढि हुदा सिमेन्ट उत्पादक संघले होङ्सि सिमेन्टलाई काबुमा राखेका छन् । सुन्नमा आए अनुसार होङ्सि सिमेन्टको शेयर केही नेपालीहरुले किनेको भन्ने सुन्नमा आएको छ । यीहरु फ्रि हुन पाएको भाउ बजारमा यिनीहरुले सिमेन्ट केही सस्तो दिइरहेका थियो , उनले भने ।

सिमेन्ट उत्पादकसंघले सिमेन्टको मूल्यमा कार्टेलिङ गरेकौ हो । उहाँहरुको संघले सिमेन्ट यति उत्पादन गर्ने भन्ने तोकिएको अवस्था रहेको छ । मूल्य बढ्नाको मूख्य कारण उद्योगहरुमा लोडसेडिङ भयो त्यसकारण उत्पादन घटेको भन्ने कुरा सुनिएको छ । तर हामीलाई त्यस्तो लाग्दैन उहाँहरुले यो कम्पनीले यति, यति उत्पादन गर्ने कार्टेलिङ गरेर बजारमा मूल्य बढाउदै लगेको अवस्था हो । सिमेन्मूटको मूल्य निर्धारण संघले कार्टेलिङ गरेको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् ।

सिमेन्ट मूल्य समस्या गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन आवश्यक रहेको छ । काम गर्ने अवस्थामा सिमेन्टको मूल्य बढ्नु भनेको आयोजनाहरु प्रभावित हुनु हो । विभिन्न आयोजनाहरु भुक्तानी लगायतका कारणले सुस्त गति चलिरहदा सिमेन्टको मूल्य बृद्धीले झन समस्या थपेको छ । सिमेन्ट मूल्य घटाउन त्यस्तो उपलब्धि हुन सकेन सिमेन्ट कम्पनीहरुले २० देखि ५ रुपैया सम्म घटाएका छन् । हाम्रो सम्झौताअनुरुप साउनभरिको मूल्यलाई एभरेज लिएर त्यसलाई बेस मूल्य मान्ने त्यसमा १ सय १५ रुपैयामात्रै थपेर आज भोली बिक्री बितरण गर्ने सहमति भएको हो । १ सय १५ देखि १ सय २५ रुपैयाँ सम्म मूल्य घटाउने सम्झौता भए अनुरुप मूल्य घट्नुपर्नेमा उहाँहरुले यसलाई पालना नगरेको निर्माण व्यवसायीहरु बताउछन् ।

यस विषयमा सरकार एकदमै गम्भिर भएर अनुगमन गरेर बिल भेरिफाइ गरेर फ्याक्ट्री अनुगमन गरेर मूल्य कार्यान्वयन नभएमा तालाबन्दी गर्नुपर्नेमा निमार्ण व्यवसायी संघको माग रहेको छ । नेपालका सिमेन्टहरुको मूल्य चर्को पर्दै जादा काम नगरिकन बस्नु भन्दा भारतीय सिमेन्ट ल्याउन बाध्य हुने अवस्था आउन सक्ने निर्माण व्यवसायीहरु बताउछन् ।

योजना पूरा हुननसकेको अवस्थामा बजारमा पूँजी परिचालन हुन सक्दैन् । पुँजी परिचालन गर्न र आयोजना डुब्न बाट बचाउन यी विकल्प अपनाउनपर्ने अवस्था आउन नसक्ला भन्न सकिदैन् । उहाँहरुले भारतमा ५ सय रुपैयाँ बेच्दा नेपालमा ६ सय ३५ रुपैयाँ पारिरहेका छ यो मूल्यको असमानता हुन भएन । घाटा परेको भन्दै भारतलाई कम मूल्यमा दिने नेपाललाई दिन किन नमिल्ने हो । यस सम्बन्धमा सरकार बलियो हुन नसकेको हो भन्ने देखिएको नेपाल उद्योग परिषद्का महासचिव देउजा बताउछन् ।

सिमेन्टको मूल्य वृद्धिको सम्बन्धमा उद्योगीको भाषा ‘कुटनीतिक’ !, ‘मूल्य बृद्धि होइन्, समायोजन’

मन्दीमा बढाएको सिमेन्ट मूल्य बृद्धीको चौतर्फी आलोचना, महासंघ भन्छ वार्ताबारे हामीलाई थाहा छैन् ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij