२०८३ साउन ९ शनिबार

मन्दीमा बढाएको सिमेन्ट मूल्य बृद्धीको चौतर्फी आलोचना, महासंघ भन्छ वार्ताबारे हामीलाई थाहा छैन् ?

ई आर्थिक    सोमबार, माघ ७ २०८१
6.8K
Shares
मन्दीमा बढाएको सिमेन्ट मूल्य बृद्धीको चौतर्फी आलोचना, महासंघ भन्छ वार्ताबारे हामीलाई थाहा छैन् ?

ई-आर्थिक, काठमाडौं । विगत केहीमहिनादेखि बजारमा सिमेन्टको मूल्य उचाक्लि बृद्धि भैरहेको छ । बजारमा ५ सयमा पाइने सिमेन्टहरुको मूल्यमा प्रतिबोरामा सिमेन्ट व्यवसायीहरुले   २५० सम्म मूल्य बृद्धी गरेका छन् । उनीहरुले सुरुमा एकसय देखि बढाउदै मूल्यममा नियमिति रुपमा मूल्य बढाएका हुन् ।   सिमेन्टको मूल्य बृद्धी हुदा चौतर्फी आलोचना बढ्दापनि सरकार भने मौन बसेको आरोप लागिरहेको छ ।

अहिले यस विषयमा मन्त्रालयले चासो देखाउदै सरोकारवाला निकायसंग मन्त्रालयले समन्वय गरेको छ । बजारमा अहिले सिमेन्ट तथा छड व्यवसायीहरुले मूल्यमा कास्टरिङ गर्दै मनोमानी ढंगबाट मूल्यमा तलमाथि गरिरहेका छन् ।

तर निर्माण व्यवसायीसंघका अध्यक्ष  नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले भने त्यस्तो कुनै पनि वार्तामा आइतबार महासंघ सहभागी नभएको ई-आर्थिकलाई बताए । उनले भने  ‘कुनै राजनीतिक दलमा आबद्ध व्यवसायीरूरुसँग सरकारले वार्ता गर्‍यो होला ।  ‘हामीसँग कुनै न वार्ता र सहमति भएको छैन्  उनले भने ।

यसैविच नेपाल निर्माण उद्योग परिषदले सिमेन्टको मूल्यबृद्धी घटाउन पहल गरिदिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री  दामोदर भण्डारीसंग आग्रह गरेका छन् । परिषद्का पदाधिकारीसहितले मन्त्री भण्डारीलाई भेटेर मन्दीको बेला भएको मूल्यबृद्धी घटाउन आवश्यक पहल गरिदिन आग्रह गरेका हुन् । नेपाल निर्माण उद्योग परिषदका  महासचिव राम शरण देउजाले  भने-   ‘सिमेन्टको मुल्यबृद्धी नियन्त्रणका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग  पहल कदमिमा  माघ ५ गते  शनिबार  र माघ ६ गते आईतबार  बिहान ११:०० बजे देखि ४:३० बजे सम्म सिमेन्ट उत्पादकहरु र निर्माण ब्यबसायीहरु बिच मन्त्रालय मै लामो छलफल भएको हो ।

उक्त  छलफल सकारात्मक दिशा तर्फ अगाडि बढेको छ  । आशा छ भोलि सम्म सिमेन्टको मुल्यबृद्धी नियन्त्रण सम्बन्धमा ठोस निर्णय हुनेछ महासचिव देउजाले बताए ।  यो सार्थक पहलकदमीका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री  दामोदर भण्डारीलाई नेपाल निर्माण उद्योग परिषद् को तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौ, उनले भने ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारी संग छलफल गर्दै लाई नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीहरु

केही समय अगाडी नेपाल निर्माण उद्योग परिषद्ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग भेटघाट गरी अहिले अप्रत्याशित रुपले सिमेन्ट र छड उत्पादकहरुले मनोपोली गरेर सिमेन्ट र छडमा गरिएको मूल्यवृद्धिले निर्माण आयोजनाहरु प्रभावित हुन जाने परिस्थिति सृजना भएकोले मुल्यवृद्धि नियन्त्रणका लागि पहल गरिदिन लिखित अनुरोध पत्र लेखेको थियो ।

सिमेन्ट उत्पादक र केही निर्माण व्यवसायीबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको हो । सिमेन्ट भाउमा उच्च मूल्यवृद्धि गरिएको लगायत माग राख्दै निर्माण व्यवसायीले आन्दोलन घोषणा गरेका बेला उनीहरूबीच उद्योगमन्त्री दामोदर भण्डारी र वाणिज्य विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा वार्ता भएको मन्त्रालयले जनाएको छ ।

सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीले एकअर्काका समस्या मनन गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा सँगसँगै अगाडि बढ्ने भन्ने सहमति भएको वार्ता सरोकारहरुले बताए ।

सिमेन्ट उत्पादकहरूसँग यसअघि भएको सहमति अनुसार ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ५ सय ४० रुपैयाँ र पीपीसी सिमेन्टको ४ सय ४० रुपैयाँ कायम गरेका थिए । गएका दुई महिना बीचमा सिमेन्ट उद्योगीले प्रतिबोरा नै २ सय ५० रुपैयाँले मूल्य बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij