२०८३ साउन ९ शनिबार

सिमेन्टको मूल्य वृद्धिको सम्बन्धमा उद्योगीको भाषा ‘कुटनीतिक’ !, ‘मूल्य बृद्धि होइन्, समायोजन’

ई आर्थिक    शुक्रबार, माघ ११ २०८१
6.6K
Shares
सिमेन्टको मूल्य वृद्धिको सम्बन्धमा उद्योगीको भाषा ‘कुटनीतिक’ !, ‘मूल्य बृद्धि होइन्, समायोजन’

ई–आर्थिक, काठमाडौं । सिमेन्टको मूल्य बृद्धिको चरम आलोचना भइरहेको समयमा उद्योगीहरुले ‘मूल्य बृद्धि’लाई ‘मूल्य समायोजन’को कुटनीतिक भाषाले जवाफ फर्काएका छन् । सिमेन्टको मूख्य उपभोक्ता निर्माण व्यवसायीहरु समेतले चरम असन्तुष्टि व्यक्त गरिरहेको समयमा उद्योगीहरुले राजधानीमा पत्रकार सम्मेलनकै आयोजना गरेर यस्ता भाषा प्रयोग गरेर मूल्य बृद्धिको प्रष्टिकरण दिएका छन् ।

कार्यक्रममा नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारूले सिमेन्टको मूल्यवृद्धि नभएर मूल्य समायोजन भएको बताएका छन् ।

यो भाषालाई निर्माण व्यवसायीहरुले कुट्नीतिक भाषा प्रयोग गरेर मूल्य बृद्धिको गैर जिम्मेवारी जवाफ फर्काएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका एक पदाधिकारीले यस्तो कुटनीतिक भाषा प्रयोग गरेर गैर व्यवहारिक ‘ओठे जवाफ’ फर्काएको भन्दै असन्तुष्टि जनाए ।

विगत १० वर्षदेखि सिजनमा सिमेन्टको मूल्य बढ्दै आइरहेको उनको भनाइ छ ।

‘सिमेन्ट उद्योगहरूले बजार मागअनुसार मूल्य निर्धारण गर्ने हो । हरेक उद्योगको कारखानाको मूल्य छ । कुनै निकायबाट मूल्य निर्धारण नभएपछि कसरी मूल्य बढ्यो ? कसरी कार्टेलिंङ भयो ?,’ उनले प्रश्न गरे, ‘विगतमा लागत मूल्यभन्दा क्रममा बेच्न बाध्य भएका थियाैं । अहिले हामीले लगतलाई समायोजन गर्न खोज्दा कार्टेलिंङ गर्‍यो भन्ने आरोप लगाइएको छ । १२ घण्टा लोडसेडिङ भइरहेको छ । हाम्रो लागत बढेको अन्दाज गर्न सकिँदैन । साथै सबै उद्योगहरू नोक्सानबाट गुज्रिरहेका छन् ।’

उद्यम गर्नु अपराध नभएको उनले बताए । ‘हामीले उद्यम गर्न खोजेको हो । उद्यम गर्नु अपराध हो भने हामी अपराधी नै हो,’ उनले भने ।

उद्योगीको तर्फबाट संघद्वारा जारी विज्ञप्ती जस्ताको तस्तै

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij