२०८३ साउन ११ सोमबार

रिलायबल माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद ल्याउने, सेबोनले दियो अनुमति

ई आर्थिक    शुक्रबार, असार २ २०७४
5.8K
Shares
रिलायबल माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद ल्याउने, सेबोनले दियो अनुमति

२ असार, काठमाडौं । लमजुङको बेसीसहरमा केन्द्रीय कार्यालय रहेको रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले रिलायबललाई २:१ अनुपातमा १०० रुपैयाँको दरले २ लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । कम्पनीले हकप्रदमा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij