२०८३ असोज ५ सोमबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

ई आर्थिक    शुक्रबार, पौस ५ २०८१
3.5K
Shares
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

ई-आर्थिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मिति २०८१ पौष ४ गते बिहीबारका दिन  शेयरधनी उत्साहजनक उपस्थितिमा आफ्नो छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्की ब्याङ्केट, बबरमहल हाइट काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका हुन्  ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राज बज्राचार्य, लालमणी जोशी, लिमा अधिकारी आचार्य, प्रवीण सुवेदी र श्री महेश प्रसाद दहालको उपस्थिती रहेको थियो । साथै, उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष श्री अनुज अग्रवालज्यूले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीतिबारे शेयरधनी लाई जानकारी गराएका थिए । उक्त सभाले बैंकको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण लगायत सभा समक्ष प्रस्ताव गरिएका सम्पूर्ण एजेण्डाहरु सर्वसम्मतिले पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij