२०८३ असोज ५ सोमबार

नेपाल बैंकर्स संघको नेतृत्व लागि कोइराला र शेरचनबीच प्रतिस्पर्धा

ई आर्थिक    बिहिबार, मंसिर २७ २०८१
6.1K
Shares
नेपाल बैंकर्स संघको नेतृत्व लागि कोइराला र शेरचनबीच प्रतिस्पर्धा

ई-आर्थिक, काठमाडौं । आगामी पुस ३ गते नेपाल बैंकर्स संघको नेतृत्व चयनको लागि चुनाव हुने भएको छ ।  नेपाल बैंकर्स संघको नेतृत्व चयनको लागि करिब १२ वर्षपछि प्रतिस्पर्धा हुने भएको हो।  आगामी पुस ३ गते संघको वार्षिक साधारणसभाबाट  अध्यक्ष, उपाध्यक्ष र तीन सदस्यको चयन हुनेछ ।

अध्यक्ष पदका लागि  निर्वाचनमा  माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच प्रतिस्पर्धा हुने देखिएको छ।

अध्यक्ष पदको लागि  कोइरालाले  सोमबार मनोनयन दर्ता गरिसकेका छन् भने शेरचनले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन् ।

कोइरालाले संघको चलनअनुसार उपाध्यक्षको पदबाट अध्यक्ष बन्ने दाबी गरेका हुन् भने शेरचनले पछिल्लो १२ वर्षदेखिको प्रचलन मिचेर उम्मेद्वारी दिएका हुन्। १२ वर्षदेखि वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्ष नै अध्यक्ष पदको लागि चयन हुँदै आएको प्रचलन  रहेको छ ।

संघको उपाध्यक्ष पद अहिले रिक्त हुनेछ, र यस पदको लागि अहिलेसम्म कुनै मनोनयन दर्ता भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij