२०८३ साउन १२ मंगलबार

वायु ऊर्जा प्रविधिबाट बिजुली बाल्न पाएपछि धैवादीका स्थानीयवासी दङ्ग

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०७४
3.4K
Shares
वायु ऊर्जा प्रविधिबाट बिजुली बाल्न पाएपछि धैवादीका स्थानीयवासी दङ्ग

२८ जेठ, नवलपरासी । वायु र सौर्य ऊर्जा प्रविधिबाट बिजुली बाल्न पाएपछि नवलपरासीका विकट पहाडी क्षेत्र धैवादीका स्थानीय दङ्ग परेका छन् ।एसियाली विकास बैकको लगानीमा करिब चार वर्षअघि सो प्रविधि जडान गरिएपछि धैवादीका ६० घरपरिवारले बिजुली बाल्न पाउँदा हर्षित भएका हुन् ।

सो प्रविधिबाट १२ किलोवाट बिजुली निकाल्न सफल भएको छ । जस अन्तर्गत १० किलोवाट वायु ऊर्जाबाट र दुई किलोवाट सोलार प्रविधिबाट निकालिएको हो । प्रविधिअन्तर्गत दुईवटा पङ्खा जडान गरिएको छ, जसबाट पाँच÷ पाँच किलोवाट गरी १० किलोवाट बिद्युत् उत्पादन हुने गर्दछ ।

धौवादीलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा नमुना गाउँ बनाउने उद्देश्यले एसियाली विकास बंैकले उक्त प्रविधि जडान गरिदिएको जिल्ला समन्वय समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij