२०८३ साउन ९ शनिबार

धार्मिक पर्यटनमार्ग बजेट अभावका कारण अलपत्र बन्दै

ई आर्थिक    आइतबार, कार्तिक ११ २०८१
2.1K
Shares
धार्मिक पर्यटनमार्ग बजेट अभावका कारण अलपत्र बन्दै

ई-आर्थिक, राँझा (बाँके)  । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुननसकेको हो ।

जिल्लाका प्राचीन मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित वागीश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने पर्यटन मार्गको योजनाले गति नलिएको धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए ।

प्रस्तावित पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नम्बर ३ बैजापुरस्थित भुवरभवानी मन्दिर वडा नम्बर ४ स्थित वर्फानी बाबा, वडा नम्बर ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको वागीश्वरी मन्दिरलाई समेटिएको छ ।

त्यसैगरी कोहलपुरको कालिका मन्दिर,रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पु¥याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पुर्‍याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले जानकारी दिए ।

“जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचार प्रसार र संरक्षण नहुँदा जीर्ण छन्भने आफ्नै गाउँठाउँका धार्मिक पर्यटकीय स्थलको वारेमा जिल्लावासीलाई जानकारी छैन”, अध्यक्ष भुसालले भने, “धार्मिक पर्यटकीय क्षेत्रको प्रचार एवं संरक्षण गर्न समिति प्रयासरत छ ।”

पर्यटनमार्ग बनाएर प्रचार प्रसार गर्दा एकैपटक धेरै धार्मिक स्थलको अवलोकन गर्न सकिने भएकोले यसले पर्यटन प्रवद्र्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवद्र्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

प्रस्तावित पर्यटनमार्गले सहरका आन्तरिक पर्यटकलाई गाउँ– गाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । उहाँले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकोले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

बाँकेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन्भने वागीश्वरी मन्दिरमा प्रत्येक सोमवार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लाका ऐतिहासिक मठ मन्दिर तथा धार्मिक स्थलको प्रवद्र्धन र संरक्षणका लागि चालु उहाँले पर्यटनमार्ग निर्माणमा बजेट उपयोग गरिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij