ई–आर्थिक, काठमाडौं । विमान परिचारकरपरिचारिका (क्याबिन क्रु) को ५० वर्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रुहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाउन निर्देशन दिएका हुन् ।
मन्त्री पाण्डेको निर्देशनसँगै सरकारले ४५ वर्षे उमेर हदलाई बढाएर ५० पु¥याइएको हो ।
क्याबिन क्रुहरुले आफूहरुमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाइ राखेकामा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको पनि मन्त्री पाण्डेले बताए ।
हाल निगमको विनियमावलीमा क्याबिन क्रुको उमेर हद ४५ वर्ष छ, आफूले निगम व्यवस्थापनलाई त्यो व्यवस्था संशोधन गर्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।
‘उमेर हद ४५ वर्ष कायम गरिएको छ विनियमावलीमा । त्यसले मर्कामा परेको, त्यसपछि के गर्ने भन्ने समस्यामा परेको भन्ने कुरा राख्नुभयो । आजबाट हामीले केही कुरा सम्बोधन गर्ने भन्ने निस्कर्षमा पुगेर निगमलाई यो बाटो जानुस् भनेका छौं’, उनले भने ।
क्याबिन क्रुलाई प्रोत्साहित गर्दै उनीहरुको उमेर ५ वर्ष थप्दा उनीहरुको अनुभवबाट निगमले धेरै फाइदा लिन सक्ने मन्त्री पाण्डेले बताए ।
‘उहाँहरुले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ । ५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ’, उनले भने ।
मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारकरपरिचारिकाहरु आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धता जनाएका मन्त्री पाण्डेले बताए ।