२०८३ असोज ७ बुधबार

सिद्धार्थ बैंकको ‘दशैंको खुशीयाली डबल यसपाली दशैं २ गुणा रिवार्ड अफर’

ई आर्थिक    शुक्रबार, असोज ११ २०८१
2K
Shares
सिद्धार्थ बैंकको ‘दशैंको खुशीयाली डबल यसपाली दशैं  २ गुणा रिवार्ड अफर’

ई-आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाँड विजया दशमीको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना ल्याएको छ । यस ’ ’Dashain 2X Rewards Offer’, बैंकका ग्राहकहरुले यहि मिति २०८१ आश्विन ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैकिङ्ग कारोबारमा २ गुणा बढि प्वाईन्ट प्राप्त गर्न सक्नेछन्।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहक महानुभावहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गर्नुभएको खरिद ९एइक् तथा भ्(अयmmभचअभ० र मोबाइल बैकिङ्गबाट गर्नुभएको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्नसक्नुहुनेछ । यसरी आर्जन गर्नुभएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नुहुनेछ । सिद्धार्थ बैंकले यो अफर मार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउन पनि प्रयास गरेको छ ।

यस योजनाले ग्राहकहरूको डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्नुका साथै बैंकले आफ्नो डिजिटल रूपान्तरणको यात्रालाई पनि थप गति दिने छ । यस योजना मार्फत ग्राहकहरूको विश्वासलाई अझै मजबुत बनाइ डिजिटल बैंकिङ्ग कारोबारलाई उत्कृष्ट बनाउने बिश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij