२०८३ साउन १२ मंगलबार

वैद्यको मजदुर संगठन फुट्यो, घतानेको नेतृत्वमा ४७ सदस्यीय समानान्तर कमिटीमा को-को

ई आर्थिक    शनिबार, साउन २६ २०८१
9K
Shares
वैद्यको मजदुर संगठन फुट्यो, घतानेको नेतृत्वमा ४७ सदस्यीय समानान्तर कमिटीमा को-को

ई–आर्थिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ। महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न समानान्तर कमिटी गठन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन्।

उनले भने पार्टी भित्र गरिने षडयन्त्रहरुलाई समाप्त गर्दै मजदूरहरुको संघर्षलाई नयाँ जनवादी क्रान्तिको ऐतिहासिक प्रक्रियाबाट पूरा गरेर अगाडि बढ्ने बेला भएकाेले आफुहरूले सुरूवात गरेको बताए।

मजदुरहरुले हामीलाई दिएको म्यान्डेट अनुसार काम गर्न नसक्नेलाइ पटक-पटक नेतृत्व दिएपछि त्यस विरूद्धको लडाई लड्न समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताए। उनले भने,यो लडाई हाम्रो निमित्त मात्र होइन यो हामी सबै शोषित तथा उत्पीडित मजदुरहरूको आवाज बोल्ने संघर्ष मय लडाई हो।

उनले भने,मजदूरहरु उत्पीडन र पीडामा परिरहेका छन्। नेतृत्व गर्ने मान्छे मजदुरहरूका आवाज बाेल्न पर्नेमा बाेल्न नसक्ने भएपछि त्यस्ताे नेतृत्वलाइ मुर्ति जस्ताे पुजा गरेर मान्न नसकिने अवस्था सृजना भएपछि नयाँ विकल्प राेजन बाध्य भएकाे बताए।

उनले भने अब हामी मजदूरलाई उत्पीडनबाट अन्त्य गर्न चाहान्छौं र त्यसकाे निम्ति संघर्ष गरेर मजदूरहरुका समस्या समाधान गर्दै अगाडि बढ्ने याेजनाका साथ समानान्तर कमिटी गठन गरिएकाे बताए। र पार्टी भित्र धेरै पटक छलफल गर्दा पनि समस्याको समाधान नभएपछि बाध्य भएर यस्ताे कदम चाल्नु परेकाे संयाेजक घतानेले बताए।

त्यस्तै मजदुर महासंघको विवाद र एकता भेला सम्बन्धि पार्टी केन्द्रीय कार्यालयमा बुझाएको पत्रमाथि छलफलको सट्टा षड्यन्त्रपूर्वक कुपोन्डोलमा गरिएकाे एकपक्षीय गुटको भेलाप्रति असहमति रहेकाे बाएका छन्।

आफुहरूले नेपालको मजदुर आन्दोलनका युगिन कार्यभार सम्पन्न गर्ने महान संकल्प सहित यसै भेला समानान्तर कमिटी गठन गरिएकाे र बैठकबाट ४७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको संयाेजक घतानेले बताए।

त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजै इश्वर तिमिल्सेनाको नेतृत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पुन गठन समेत गरेको थियो।

१) संयोजक-क. कुमार घताने २) सह-संयोजक क. विष्णु चौधरी, ३) क. रामकुमार दोङ, ४) पूर्ण लामा, ५) क. होमप्रसाद घिमिरे, ६) युवराज थापा, ७) अर्जुन बोगटी, ८) वेदराज दियालि, ९) राजु दाहाल, १०) मिलन श्रेष्ठ, ११) भुवन थापा, १२) फैजदार दास, १३) सुन्दर श्रेष्ठ, १४) हार्दिक परियार, १५) विष्णु कार्की, १६) रोशन कार्की, १७) अशोक बोगटी, १८) जयप्रकाश कुशवाह, १९) कुमारी थापा मगर, २०) दिनेश घिमिरे, २१) अजय कार्की, २२) हिमाल कार्की, २३) आयुष बुढाथोकी, २४) अविनाश बोगटी, २५) विक्रम राउत, २६) विशाल बोगटी, २७) अमृत पोर्तेल, २८) कमल लामाकार्की, २९) अर्जुन पोर्तेल, ३०) कुमार दाहाल, ३१) दिपक बुढाथोकी, ३२) रामकुमार तामाङ, ३३) गोविन्द थिङ, ३४) बुद्धिमान तामाङ, ३५) चित्र कुमार पोखरेल, ३६) भूमि कुमार विक, ३७) मदन लामा, ३८) दिनेश लामा, ३९) कुमार कार्की, ४०) नविन बुढाथोकी, ४१) रुद्र घताने, ४२) रामु पराजुली, ४३) रिता खड्कालगायतलाइ केन्दीय समिति गठन गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij