२०८३ साउन ९ शनिबार

पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए, गण्डक बाँधका सबै ढोका खुल्ला

ई आर्थिक    आइतबार, असार २३ २०८१
4.5K
Shares
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए, गण्डक बाँधका सबै ढोका खुल्ला

ई–आर्थिक, काठमाडौं । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

गण्डक बाँधका सबै ढोका खुल्ला

पश्चिम नवलपरासी- लगातारको वर्षाको कारण पानीको बहाव बढेपछि नारायणी नदिमा रहेको गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीमा अवस्थित ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको हो ।

गण्डक ब्यारेजका सम्पर्क अधिकारी काशिनाथ हरिजनले दिएको जानकारी अनुसार अहिले नारायणी नदिमा प्रतिसेकेन्ड २ लाख ६० हजार ८ सय क्युसेक पानीको बहाव रहेको छ । पानी बहाव बढ्ने क्रममा छ ।

चितवनको देवघाटमा पानीको बहाव चार लाख क्युसेक पुगेको जनाइएको छ । जसका कारण गण्डक ब्यारेजका सबै ढोला खोलेर तटिय क्षेत्रमा सर्तकता अनपाइएको छ । ब्यारेजका संरचना पुरानो भएकाले ३ लाख क्युसेक भन्दा बढी पानीको बहाव पुगेपछि खतराको संकेत मान्ने गरिन्छ ।

गण्डक बाँध पुरानो हुँदै गएका कारण यसको संरचना जीर्ण बन्दै गएको छ । निर्माणको समयमा गण्डक ब्यारेजको बहाव क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ५ लाख क्युसेक प्रतिसेकेन्ड सम्म बाढिको बहाव बहन गर्न सक्ने अनुमान गरिएको छ ।

नारायणी नदीमा बाढि आउँदा गण्डक बाँध पश्चिमका, पश्चिम नवलपरासीका २२ ओटा गाँउ जोखिममा पर्दछन् । पानीको बहाव बढ्ने क्रममा रहेकाले सर्तकता अपनाउन नदी तटिय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको स्थानिय प्रशासनले जनाएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन ओटै सुरक्षा निकायको टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij