२०८३ असोज ७ बुधबार

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबीच विशेष छुट सम्झौता

ई आर्थिक    मंगलबार, असार ११ २०८१
5.2K
Shares
प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारीहरुलाई लक्षित गर्दै ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश-३ का प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार प्रभु बैंकाका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कार्यक्रममा विशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतना मुलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागितासमेत रहेको थियो ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij