२०८३ साउन १२ मंगलबार

नेपाल-भारतको सीमापार भुक्तानीलाई सहज बनाउन एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

ई आर्थिक    बुधबार, जेष्ठ १६ २०८१
2.9K
Shares
नेपाल-भारतको सीमापार भुक्तानीलाई सहज बनाउन एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

ई–आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

सम्झौता पत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा एनसीएचएलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी र व्यवसाय प्रबर्धन अधिकृत मनिषकुमार पटेल तथा बैंकका तर्फबाट प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, मुख्य प्रबन्धक सुरज मानन्धरलगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij