२०८३ असोज ८ बिहिबार

रावा बैंकका सीईओ किरणकुमार श्रेष्ठ सेवा निवृत्त, कामुमा देवेन्द्ररमण खनाल

ई आर्थिक    शनिबार, बैशाख १ २०८१
2.7K
Shares
रावा बैंकका सीईओ किरणकुमार श्रेष्ठ सेवा निवृत्त, कामुमा देवेन्द्ररमण खनाल

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय वाणिज्य (रावा) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ सेवा निवृत्त भएका छन् । आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी बिहीवारदेखि उनले अवकाश पाएका हुन् ।

बैंकको रिक्त रहेको उक्त पदमा शुक्रवार (आज)देखि लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई कायम मुकायम (कामु)को जिम्मेवारी तोकिएको छ । बैंक व्यवस्थापनको तर्फबाट बुधवार गरिएको बिदाइ कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ बजारमा राष्ट्रिय वाणिज्य बैंकलाई सबल बैंकको रूपमा उभ्याउन सीईओ श्रेष्ठले गरेको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारी, विभागीय प्रमुख, प्रादेशिक प्रबन्धक लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij