२०८३ मंसिर १ सोमबार

सुनचाँदीको मूल्य घट्यो, तोलामा ११०० र चाँदी ८० रुपैयाँले सस्तियो

ई आर्थिक    सोमबार, मंसिर १ २०८३
209
Shares
सुनचाँदीको मूल्य घट्यो,  तोलामा ११०० र चाँदी ८० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी ८० रुपैयाँले सस्तिएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदी दुवैको मूल्यमा आएको गिरावटसँगै सोमबार नेपाली बजारमा बहुमूल्य धातुको कारोबार मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij