२०८३ मंसिर १ सोमबार

समयअगावै सम्पन्न भयो कनकाई पुल निर्माण, पूर्ण रूपमा सञ्चालनमा

ई आर्थिक    सोमबार, मंसिर १ २०८३
209
Shares
समयअगावै सम्पन्न भयो कनकाई पुल निर्माण, पूर्ण रूपमा सञ्चालनमा

झापा । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले झापाको कनकाई नदीमा निर्माण गरिएको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भई सञ्चालनमा आएको बताएका छन्।

शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकालाई जोड्ने कनकाई पुलको निर्माण कार्य समयसीमाभन्दा अगाडि नै सम्पन्न भएको हो। मन्त्री लम्सालका अनुसार २०७९ पुस ११ गते निर्माण सम्झौता भएको उक्त पुल २०८३ असोज १० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्माण कार्य निर्धारित समयभन्दा अगावै पूरा गरी पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।

मन्त्री लम्सालले कनकाई पुलको निर्माण समयअगावै सम्पन्न हुनुलाई एउटा आयोजना पूरा भएको विषयमा मात्र सीमित नराखी देशको समग्र पूर्वाधार विकासको गति र कार्यसम्पादनसँग जोडेर हेर्नुपर्ने बताएका छन्।

उनले देशभर सञ्चालनमा रहेका पूर्वाधार निर्माणका आयोजनाहरू पनि निर्धारित समयभन्दा अगावै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

‘यो एउटा पुल निर्माणको विषय मात्र होइन, यो सरकारले पूर्वाधार निर्माणमा चाहेको गति हो। हामी चाहन्छौँ, देशका हरेक पूर्वाधार निर्माणका काम समयअगावै सम्पन्न होऊन्,’ मन्त्री लम्सालले भने।

कनकाई पुल सञ्चालनमा आएसँगै शिवसताक्षी र झापा गाउँपालिकाबीचको आवागमन तथा स्थानीय बासिन्दालाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij