काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा गणतन्त्र भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले शपथ ग्रहण गर्नुभएको हो ।
राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।