२०८३ भाद्र २४ बुधबार

बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनको काम तीव्र रुपमा हुँदै

ई आर्थिक    बुधबार, भाद्र २४ २०८३
95
Shares
बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनको काम तीव्र रुपमा हुँदै

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कामले तीव्रता पाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधन र जनशक्ति परिचालन गरिएको छ।

गत भदौ १० गते आएको बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि मन्त्रालयले वैकल्पिक उपायसमेत अपनाएर प्रभावित क्षेत्रमा विद्युत् सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा करिब ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ।

तत्काल विद्युत् लाइन विस्तार गर्न नसकिने स्थानमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत वैकल्पिक ऊर्जा उपलब्ध गराउने काम अघि बढाइएको छ। सामुदायिक आश्रयस्थलका लागि दुई किलोवाट क्षमताका सोलार प्रणाली जडान गर्नुका साथै घरपरिवारका लागि व्यक्तिगत सोलार प्रणाली वितरण गर्न थालिएको मन्त्रालयले जनाएको छ।

विद्युत् सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक टोली प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij